Breaking News :

पेट्रोलियम पदार्थको भाउ घट्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ। पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजल र मट्टितेलमा प्रतिलिटर १/१ रुपैयाँ मूल्य घटाएको हो। हिजो शुक्रबार राति १२ बजे देखि लागू हुने गरि मुल्य घटाएको हो।

अब काठमाडौं उपत्यकामा पेट्रोलको भाउ प्रतिलिटर १०९ रुपैयाँ ५० पैसा र डिजल तथा मट्टितेल प्रतिलिटर ९७ रुपैयाँ कायम भएको छ। इन्डियन आयल कर्पोरेसनबाट १६ मे २०१९ मा प्राप्त मूल्यसूची अनुसार पेट्रोलियम पदार्थको भाउ घटाइएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभएको छ।

इन्डियन आयल कर्पोरेसनले हरेक १५ दिनमा मूल्य सूची पठाउने गर्दछ।

 

merokhabarsathi

Read Previous

युवाहरुको लगानीमा लाइम एन्ड लेमन लाइम लाउन्ज क्याफे

Read Next

योजनावद्ध रुपमा आएका रैछन थाहा भएनः खड्का

Leave a Reply

Your email address will not be published. Required fields are marked *