Breaking News :

टिकौलीमा रहेको सडक बोर्डको कर उठाउने ढाटमा आगलागि,प्रहरी सहायक निरिक्षक गम्भिर घाईते

प्रदेश नम्बर तीनका प्रदेश सदस्य कृष्ण खनालेको नेतृत्वमा पूर्व पश्चिम राजमार्ग अन्तर्गत चितवनको टिकौलीमा रहेको सडक बोर्डको कर उठाउने ढाटमा आगलागि गरिएको छ । आगो नियन्त्रणका क्रममा प्रहरी सहायक निरिक्षक गम्भिर घाईते हुनु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरिक्षक दिपेन्द्र शाहका अनुसार बिहान ११ वजेको समयमा ३०÷४० जनाको समुहले पेट्रोल छर्किएर ढाटमा आगो लगाएका हुन ।

सो क्रममा आगो नियन्त्रणको प्रयास गर्दा त्यहि कार्यरत प्रहरी सहायक निरिक्षक कल्पना खड्का घाईते हुनु भएको छ । शाहका अनुसार खड्काको हात खुट्टा, शरीर र टाउकोमा आगोले पोलेको छ । घाईते खड्काको चितवन मेडीकल कलेजमा उपचार भईरहेको छ ।
पूर्बी चितवन बासिले यस अघिनै सो ठाउँबाट ढाँट हटाउन स्थानीय प्रशासनलाई ज्ञापन पत्र वुझाएका थिए । शाहले चितवन क्षेत्र नम्बर १ (ख)का प्रदेश सभा सदस्य कृष्ण खनालको नेतृत्वमा आगो लगाईएको वताउनु भयो । तर खनालले भने आँफु घटना हुँदा सो स्थलमा भए पनि आफ्नो नेतृत्वमा आगो लगाउने काम नभएको भन्दै आक्रोशित जनताले आगो लगाएको बताउनु भयो ।

प्रहरी प्रशासनले ठेकेदार संग आर्थिक प्रलोभनमा परि त्यहाँ ढाँट राख्न दिएको भन्दै अब तत्काल ढाट नहटाए स्थानीयले सहेर नबस्ने खनालले वताउनु भयो । उहाँले ढाटलाई सिमा क्षेत्रमा लैजानु पर्ने बताउनु भयो । आफ्नै सदरमुकाम आउँदा जाँदा समेत राजस्व तिर्नु परेपछि पूर्बी चितवन बासि मर्कामा परेको बताउनु भयो ।

आगोलागि बाट ढाटमा रकम संकलन गर्न कर्मचारी वस्ने गरेको काउण्टर पूर्ण रुपमा क्षती भएको शाहले बताउनु भयो । पूर्बी चितवन बासिले यस अघिनै सो ठाउँबाट ढाँट हटाउन स्थानीय प्रशासनलाई ज्ञापन पत्र वुझाएका थिए । ढाटमा आगो लगाएको आरोपमा प्रहरीले रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरिलाई पक्राउ गरेको छ ।

merokhabarsathi

Read Previous

धादिङ केन्द्रविन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प

Read Next

बिजय बचाउनका निम्ति सडक नृत्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *