Breaking News :

मिडिया काउन्सिल विधेयक विरुद्द चितवनका पत्रकारहरुको विरोध

नेपाल मिडिया काउन्सिल विधेयक विरुद्द आज चितवनका पत्रकारहरुले विरोध जनाएका छन् ।

प्रेस काउन्सीललाई बिस्थापित गरि मिडिया काउन्सील गठन गराए यसको स्वायत्तता र स्वतन्त्र छानबिनलाई समेत किनारा लगाउने प्रयास भएको भन्दै चितवनका संचारकर्मिहरुले संचारमा प्रयोग हुने साधनको प्रदर्शन गरि चितवनमा विरोध जनाएका हुन् ।

नेपाल मिडिया काउन्सीलको दफा १८ को व्यवस्थामा काउन्सीलबाट जारी भएको आचार संहिता विपरित कुनै सामाग्री प्रकाशन वा प्रतिष्ठामा आच पुर्याउने भनी सम्बन्धित व्याक्तिले दफा १६ बमोजिम दिएको उजुरी दफा १७ बमोजिम जाँचवुझ गर्दा कसैको मर्यादा वा प्रतिष्ठामा आच पुगेको देखिए आम संञ्चार माध्यम, प्रकाशक, सम्पादक, पत्रकार वा समाचार दातालाई २५ हजार रुपैंया देखि १० लाख सम्म जरिवाना गर्ने बिधेयकमा उल्लेख भएको भन्दै यसको बिरोधमा प्रदर्शन गरिएको पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष  राधेश्याम खतिवडाले जानकारी दिनुभयो।

कार्यक्रममा चितवनका अग्रज पत्रकारहरु देखि क्रियाशील पत्रकारहरुको उपस्थित रहेको थियो।

 

merokhabarsathi

Read Previous

बाइपास बाट अनैतिक क्रियाकलापमा संलग्न ६१ जना प्रकाउ

Read Next

धादिङ केन्द्रविन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प

Leave a Reply

Your email address will not be published. Required fields are marked *