बिजय बचाउनका निम्ति सडक नृत्य

रविना पौडेल, चितवन। भरतपुर महानगरपालिका-१६ ब्रम्हपुर निवासी बिजय कुँवरको दुबै  मृगौला खराबी भइ आर्थिक अभावका कारण औषधि उपचार खर्चमा कठिनाइ भएकोले चितवनका युवाहरुले सडक नृत्य गरेर आर्थिक संकलन गर्न सुरु गरेका छन्।

कुँवर परिवार लगातार अस्पताल बस्नुपर्ने र औषधि उपचार गर्नुपर्ने हुनाले आर्थिक समस्याले सताएपछी चितवनका केहि युवाहरुले विजय बचाऊ अभियान सुरु गरेका हुन्। गिनिज अफ द वर्ल्ड बुक मा नाम लेख्ने तयारीमा रहेका देब चापागाईको विशेष प्रस्तुतिमा युवाहरुले रकम संकलन गर्न थालेका हुन्। देब चापागाईको विशेष प्रस्तुतिमा पूर्वी चितवन विरेन्द्रनगर बाट युवाहरुले हिजो बिहिबारबाट रकम संकलन गर्न लागिएको सामाजिक अभियन्ता रोमन पौडेलले बताउनुभयो।  हालसम्ममा ६००० रकम मात्र संकलन भएका छन्, बिजय  बचाऊ निम्ति हामी निरन्तर प्रयासमा छौ। अभियान्त पौडेलले भन्नुभयो।

Image may contain: 3 people, people smiling, people standing and outdoor

बिजयको उपचारमा हालसम्म १५ लाखभन्दा बढी खर्च भइसकेको परिवारले जनाएको छ । विजयका परिवार भन्छन् आर्थिक अवस्था कमजोर भएर बैंकबाट लिगेको ऋण तिर्न नसक्दा घरवास उठ्ने बेला भैसक्यो।’ आर्थिक अभावले उपचारमा कठिनाइ भैरहेको छ मृगौला रोगीलाई निशुल्क उपचार गरिने भनिएता पनि आज सम्म ६ वटा डाइलाइसीस मध्य २ वटा मात्र निशुल्क भएको परिवारले बताउछन्।

हाल सम्म १५ लाख भन्दा बढी सक्किसक्यो अझै उपचार गर्नु पर्ने छ त्यसको लागि उपचार खर्च जुटाउन मुस्किल रहेको छ पिडित परिवारका छिमेकी रामबाबु थपलियाले भन्छन्।  पिडितका २ वटा छोराछोरी छन्, आमा पनि सुस्तमनस्थितिका छन्, हजुरआमा ७५/८० वर्षका बुढी छन् त्यसैले आर्थिक जो गर्ने कोहि छैनन् भन्दै छिमेकी थपलियाले सहयोगको अपिल गरेका छन्।

सहयोग गर्न चाहनु हुनेले ९८६५०५१३८९/९८४५८४५०७८ मा सम्पर्क गर्नसक्नुहुनेछ।

merokhabarsathi

Read Previous

टिकौलीमा रहेको सडक बोर्डको कर उठाउने ढाटमा आगलागि,प्रहरी सहायक निरिक्षक गम्भिर घाईते

Read Next

प्रधानमन्त्री ओली चढेको हेलिकप्टर भरतपुरमा आकस्मिक अवतरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *