Breaking News :

बाइपास बाट अनैतिक क्रियाकलापमा संलग्न ६१ जना प्रकाउ

उपत्यकाकाे माछापोखरी स्थित बाइपासका विभिन्न होटेल, रेष्टुरेण्ट र सडक किनारबाट अनैतिक क्रियाकलापमा संलग्न ४४ पुरुष र १७ महिला गरी ६१ जनालाई बुधबार साँझ प्रहरीले प्रकाउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले स्विप अप्रेसन गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकामध्ये अनुसन्धानपश्चात् १५ पुरुष र ६ महिला गरी २१ जनालाई आफन्तको जिम्मा लगाइएको छ।

अन्य ४० जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

merokhabarsathi

Read Previous

मेघौली विमानस्थललाई पर्यटकीय विमानस्थलका रुपमा स्तरउन्नती गर्न पहल

Read Next

मिडिया काउन्सिल विधेयक विरुद्द चितवनका पत्रकारहरुको विरोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *