Breaking News :

ज्ञानेश्वर शिव मन्दिरमा सास्कृतिक भवन निर्माण हुदै

चितवनको भरतपुर-१६ ब्रहमपुरमा रहेको श्री वत्स क्षेत्र ज्ञानेश्वर शिव मन्दिरमा सास्कृतिक भवन निर्माणको काम अगाडि बढाएको छ।आज सास्कृतिक भवन निर्माणको प्रदेश सांसद कृष्ण भुर्तेल र मिना ज्ञवालीले संयुक्त रुपमा शिलान्यास गरि भवन निर्माणको काम अघि बढाएको हो।

भवनको शिलन्यास गर्दै प्रदेश ३ की साँसद मिना ज्ञवालीले यस क्षेत्र पर्यटकीय हिसावले भरिपूर्ण रहेकोले आफुले यस क्षेत्रलाई निकै महत्वको साथ हेरिरहेको बताएका छन् । उहाँले एकै ठाउमा विभिन्न देवीदेवताको मन्दिर रहेकोले पनि यस ठाउको छुट्टै महत्व रहेको बताउनु भएको छ

भवन शिलन्यास कार्यक्रममा साँसद कृष्ण प्रसाद भुर्तेलले ज्ञानेश्वर क्षेत्र पर्यटकीय स्थल संगै यस ठाउमा विभिन्न जातजातिको एकै ठाउमा बसोबास भएकोले देशकै महत्वपूर्ण सम्पत्तीको रुपमा सबैले चासो लिएको बताउँदै उक्त क्षेत्रमा होमस्टे संचालन गर्न स्थानिय अग्रसर हुनुपर्ने बताउनुभयो । भरतपुर-१६ अवसर नै अवसरले भरिपूर्ण छ, त्यसैले यस ठाउँको समस्यालाई निराकार गर्दै लैजाने हो भने चितवन कै नमुना वडाको रुपमा यस ठाउँ बन्न सक्ने उहाँले बताउनुभयो।

साँसद मिना ज्ञवालीको सांसद विकास कोषबाट आएको २० लाख रुपैयाले उक्त भवनको निमार्ण शुरु गरीएता पनि कार्यक्रममा २० लाख रुपैयाँले मात्रै नपुग्ने बताउदै स्थानीय समाजसेवी नारायण अधिकारीले सहयोगका लागि सबैलाई अपिल गर्नुभएको थियो।

भरतपुर महानगरपालिका-१६ का वडा अध्यक्ष चतुरमान गुरुङले एकल प्रयासमा केहि हुदैन त्यसैले स्थानीय गाउँ वासीको पनि साथको आवश्यक रहेको बताउदै स्थानिय पनि अग्रसर हुनुपर्नेमा जोड दिनुभएको छ ।

शिलान्यास कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं १६ का अध्यक्ष चतुरमान गुरुङ, पत्रकार महासंघ अध्यक्ष राधेश्याम खतिवडा, ज्ञानेश्वर सामुदायिक वनका अध्यक्ष राजन अधिकारि, वडाका स्थानीय समाजसेवी, राजनीति प्रेमी, धार्मिक व्यक्ति, विभिन्न टोलसुधार समितिको उपस्थिति रहेको थियो।

merokhabarsathi

Read Previous

नेपाल मिडिया काउन्सिल विधेयक विरुद्द प्रेस युनियन चितवनको ज्ञापन पत्र

Read Next

दुई बर्ष देखि खुत्रुकेमा जम्मा गरेको पैसा भरतपुरमा रंगशाला निर्माणलाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *