Breaking News :

बर्दिबास मा अहिंसात्मक प्रदेश स्तरिय कार्यशाला हुदै

प्रदेश न. २ को बर्दिबासमा दुई दिने अहिंसात्मक संचार बिषयक प्रदेश स्तरिय कार्यशाला हुने भएको छ।

दुई दिन सम्म संचालन हुने उक्त कार्यशाला मा अहिंसात्मक संचार को परिचय,सञ्चारका आधारभुत प्राकृतिक सिद्धान्तहरु,प्रभाबकारी सञ्चार कला, प्रस्तुतीकरण का लागि आवश्यक आधारभुत ज्ञान लगाएतका विषयहरु समेटिने आयोजक ले बताएका  छन्। अहिंसात्मक संचारको ३० जना प्रशिक्षक उत्पादन गर्ने उद्देश्यले आयोजना हुन लागेको कार्यक्रममा सहभागी हरुले कार्यक्रम पश्चात विभिन्न विद्यालय तथा समुदायमा सचेतनामुलक कार्यक्रम हरु संचालन गर्ने छन।

देशको जुन सुकै कुना बाट सहभागी हुन सक्ने कार्यक्रममा सहभागीहरुले तालिम पश्चात् रास्ट्रीय प्रशिक्षक समूहमा रहेर काम गर्न सक्नुका साथै अन्तरास्ट्रिय प्रमाणित प्रशिक्षकको रुपमा काम गर्नका लागि पनि अबसर प्राप्त गर्न सक्ने कार्यक्रम को संयोजक पुजा शाहले जानकारी दिनुभयो।

merokhabarsathi

Read Previous

चितवन भोलि देखि राष्ट्रिय परिचय पत्र बितरण

Read Next

नेपाल मिडिया काउन्सिल विधेयक विरुद्द प्रेस युनियन चितवनको ज्ञापन पत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *