सञ्चार तथा सूचना प्रबिधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले प्रायोजित आन्दनोलनको तुक नरहेको बताएका छन्। नेपाल टेलिकम दुरसंञ्चार कार्यालय सौराहाको फाईवर टु द होम सेवाको आज उद्घाटन गर्दै उहाँले सरकारले ल्याउन लागेको मिडीया काउन्सील बिधेयक पत्रकारहरुकै पक्षमा रहेको बताउनुभएको छ। अहिले कुरै नवुझि आन्दोलन गर्दा पछि पछुताउनु पर्ने उहाँको भनाई रहेको छ।
आँफुहरुले स्व नियमनको व्यवस्था भएको जानकारी गराउँदा पनि केहि साथिहरुले दैडधुप जारी राखेको बताउनु भयो । उहाँले भन्नुभयो “नियमन हामी गर्छौ, संसारभर यसको प्राक्टीस छ। प्रायोजित आन्दोलनको कुनै तुक छैन । उहाँले थप्नु भयो “हातमा कलम छ भनेर जे पनि लेख्न पाईदैन। हातमा बन्दुक हुँदैमा मनलाग्दी गर्न पाईन्छ?”
अधिकार पानामा लेखेर नहुने बताउँदै उहाँले भन्नुभयो “आर्थिक सुनिश्चितता त्यसको पहिलो आधार वन्छ, अनिमात्र स्वतन्त्र प्रेस हुन्छ, सम्पादकीय स्वतन्त्रता बाँकी रहन्छ । हामीले गर्न खोजेको त्यत्ति हो । ” उहाँले थप्नुभयो “नियमन हामी गर्छौ, संसार भरीनै यो हुन्छ ।” संबिधान भन्दा वाहिर कुनै पनि कानुन नवन्ने उहाँले बताउनु भयो । कोहि साथीहरु कुरै नबुझिकन दौडीरहेको बताउँदै उहाँले भन्नुभयो “तपाईले लेखे पछि जवाफदेहीता बोक्नु पर्छ, पुष्टि गर्नु पर्छ । त्यत्तिकै आरोप लगाउन पाईदैन ।”