Breaking News :

आज देखि हंगरी टोम रेस्ट्रो एण्ड बार संचालनमा

चितवनको नारायणगढ स्थित पुलचोकमा सबै वर्गलाई लक्षित गरी  हंगरी टोम रेस्ट्रो एण्ड बार संचालनमा आएको छ । विदेशको सिप स्वदेशमा लगानी गर्ने उद्देश्यले ८ वर्ष अस्ट्रेलिया बसेर फर्किएका विमल रिजाल, १५ वर्ष देखी स्वदेशमा नै होटल व्यवसाय गर्दै आएका अर्जुन रिजाल र ३ वर्ष मलेसियामा बसेर फर्किएका जीवन रिजालले पुलचोक भगवती मार्ग रिभर साईडमा रेस्ट्रो एण्ड बार संचालनमा ल्याएका हुन्।

प्रबन्ध निर्देशक विमल रिजालका अनुसार विदेशमा सिकेको सिपलाई स्वदेशमा नै सदुपयोग गर्दै म्युजिक बार सहितको करिब १ करोड लगानीमा रेस्ट्रो एण्ड बार संचालनमा आइएको हो। पारिवारिक वातावारणमा नेपाली, चाईनिज, ईटालियन, लगायतका खानाका साथमा हरेक हप्ताको शुक्रबार र शनिबार राष्ट्रिय देखि स्थानिय स्तरका कलाकारहरुको सांगीतिक प्रस्तुती रहने रिजालले बताएका छन्।

रेस्ट्रो एण्ड बारको उद्घाटन गर्दै होटल व्यवसायी संघ चितवनकी अध्यक्ष शर्मिला न्यौपानेले सफलताको शुभकामना सहित ग्रहाकको स्वास्थ्यमा ध्यान दिदै सेवा सञ्चालन गर्न आग्रह गर्नुभयो। वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख प्रहरी निरिक्षक रामप्रसाद गौतमले मर्यादितरुपमा व्यवसाय गर्न आग्रह गर्दै बधाइ ज्ञापन गर्नुभयो ।

होटेल व्यावसायिक संघ भरतपुर ईकाईका अध्यक्ष टिकाराम न्युरे, होटेल व्यावसायिक संघका महासचिव नारायण श्रेष्ठ, होटल व्यवसायी संघ नारायणगढ ईकाईका अध्यक्ष कृष्ण महतो लगाएतले बदाई तथा शुभकामना व्यक्त गरेका थिए।

रेस्ट्रो एण्ड बार उद्घाटनको अवसरमा एक हप्तासम्म २० प्रतिशत तथा एक महिना भरि १० प्रतिशत छुटको व्यवस्था गरिएको आयोजकले बताएको छ।

 

 

merokhabarsathi

Read Previous

चितवन ट्राफिक सप्ताह अन्तर्गत आज बृहत र्यालि

Read Next

प्रायोजित आन्दोलनको तुक छैन : मन्त्री बाँस्कोटा

Leave a Reply

Your email address will not be published. Required fields are marked *