Breaking News :

चितवन ट्राफिक सप्ताह अन्तर्गत आज बृहत र्यालि

फाइल फोटो

फाइल फोटो

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले ट्राफिक सप्ताह अन्तर्गत आज बृहत र्यालि निकालेको छ । सडक दुर्घटना न्यूनिकरणका लागि नारायणगढको पुलचोक देखि भरतपुरको गेष्टहाउस चौर सम्म र्यालि निकालिएको हो ।

ट्राफिक नियमको पालना गरै सडक दुर्घटना न्यूनिकरण गरौ भन्ने मुल नाराका साथ आयोजना गरिएको र्यालीको सुभारम्भमा चितवन जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जितेन्द्र बस्नेतले बिभिन्न संघ संस्था, स्कुलकलेजका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

ट्राफिक सप्ताह अन्तर्गतको र्यालिको समापन गर्दै चितवनका प्रहरी प्रमुख सुशील सिंह राठौरले सडक सुरक्षाका बिषयमा सबैलाई ज्ञान हुन आबश्यक रहेको बताउनु भयो । ट्राफिकले लगाउने नियम ट्राफिकका लागि नभएर नागरिकका लागि भएकाले सबैले आत्मसाथ गर्नु आबश्यक रहेको भन्दै कार्यक्रममा उपस्थित सम्पूर्ण सस्था, विद्यार्थीहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो।

merokhabarsathi

Read Previous

मंगलपुर साँस्कृतिक तथा व्यापार मेला हुने

Read Next

आज देखि हंगरी टोम रेस्ट्रो एण्ड बार संचालनमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *