मंगलपुर साँस्कृतिक तथा व्यापार मेला हुने

भरतपुर महानगरपालिका वडा नम्बर १५ मंगलपुर वजारमा प्रथम मंगलपुर साँस्कृतिक तथा व्यापार मेला २०७६ हुने भएको छ ।

गणेश युवा क्लब, वजार व्यवस्थापन समिति मंगलपुर र हाटवजार व्यावस्थापन समिति मंगलपुरको संयुक्त आयोजनामा यहि जेठ १ गते देखि १५ गते सम्म मेला आयोजना गर्न लागिएको आज पत्रकार सम्मेलन गरि जानकारी दिएको हो । स्थानीय दराई संस्कृती संरक्षण र स्थानीय वजार प्रवर्धन गर्ने उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको आयोजक समितिका संयोजक निर्मल भट्टराईले जानकारी दिनु भयो । उहाँका अनुसार मेला दिउँसो १२ वजे देखि राति १० वजे सम्म संचालन गरिने छ । मेलामा दिउसो स्थानीय संगै रास्ट्रिय कलाकारको बेजोड प्रस्तुति रहने छ भने बेलुका ६ बजेबाट १० बजेसम्म डिजे सेसन रहने भट्टराईले जनाएका छन्।

१ सय २५ वटा स्टहलरु रहने सो मेलामा कृषि, खाना र व्यापारको प्रवर्धन गरिने मेलाका सह संयोजक रमेश श्रेष्ठले जानकारी दिनु भयो । श्रेष्ठका अनुसार मेला अवलोकन गर्न आउनेका लागि ५० रुपैया टिकट लाग्ने छ भने विद्यार्थीको लागि १० रुपैयाले छुट गरि ४० रुपैया लाग्नेछ। विशेषगरि वृद्दविद्दाको लागि भने टिकट निशुल्क रहेको छ।

मेलाको ७५ हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको आयोजकले जनाएको छ। मेला दराई संस्कृतिको साँस्कृतिक झाँकी र नेवार समुहको झाकी समेत प्रदर्शन गरिने छ ।

merokhabarsathi

Read Previous

मोटरसाइकल चोरी गरेर भागेका एक ब्यक्ति पक्राउ

Read Next

चितवन ट्राफिक सप्ताह अन्तर्गत आज बृहत र्यालि

Leave a Reply

Your email address will not be published. Required fields are marked *