Breaking News :

मोटरसाइकल चोरी गरेर भागेका एक ब्यक्ति पक्राउ

काठमाडौंमा मोटरसाइकल चोरी गरेर भागेका एक ब्यक्ति पक्राउ परेका छन्।

दोलखा देउराली गाउँपालिका–८ घर भइ काठमाडौं बसुन्धरा बस्ने २२ वर्षीय मोहनलाल श्रेष्ठलाई चोरीको बा.७८ प ४८२० नम्बरको मोटरसाइकल सहित बिहीबार प्रहरीले पक्राउ गरेको हो।

गोकर्णेश्वर नगरपालिका–९ आरुबारीमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले ३ जना सवार उक्त मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा २ जनाले चेकिङमा रहेका प्रहरीलाई हेल्मेट प्रहार गरी फरार भएका प्रहरीले जनाएको छ।

श्रेष्ठलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उक्त मोटरसाइकल चोरीको रहेको खुल्न आएको हो।

फरार २ जनाको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

merokhabarsathi

Read Previous

कोलगेटमा खतरनाक रसायन पदार्थ भेटियो, क्यान्सर हुन सक्ने खतरा

Read Next

मंगलपुर साँस्कृतिक तथा व्यापार मेला हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *