३ दिनसम्म्म नेपाल भारतको सीमा नाका बन्द हुने

सीमावर्ती भारतीय राज्य बिहारमा हुने तेस्रो चरणको लोकसभा निर्वाचनका लागि तीन दिन सीमा नाका बन्द हुने भएको छ । निर्वाचनका लागि वैशाख २७ गतेदेखि २९ गतेसम्म अर्थात मे १० देखि १२ तारिकसम्म्म ३ दिन नेपाल भारतको सीमा नाका बन्द हुने भएको हो ।

तीन दिनसम्म देशकै प्रमुख भन्सार नाका वीरगञ्ज भन्सार नाका र सिर्सिया सुख्खा बन्दरगाह भन्सार नाका पनि बन्द हुनेछ ।

भारतीय पक्षको आग्रहमा लोकसभा निर्वाचनको सुरक्षालाई मध्यनजर गरेर तीन दिन सीमा नाका बन्द गर्न लागिएको पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार विगतमा ४८ घण्टा सीमा बन्द गर्ने गरिएको भए पनि दुवै पक्षको सहमति र समन्वयमा अबदेखि निर्वाचनको समयमा ७२ घण्टा सीमा नाका बन्द हुनेछ ।

‘विगतमा पनि निर्वाचनको समयमा सुरक्षालाई मध्यनजर गरेर सीमा बन्द गर्ने गरिएकै हो, यसपालि पनि त्यस्तै हुँदैछ । वैशाख २७ गतेदेखि २९ गतेसम्म सीमा नाका बन्द गरेर सहयोग गर्न भारतीय पक्षले पत्राचार गरेको छ, उनीहरुले अत्यावश्यक पेट्रोलियम पदार्थ नरोक्ने भनेका छन्’ उनले भने ।

पर्सा जिल्लाको मात्रै १ सय ७ किलोमिटर भू–भाग भारतको बिहारसँग जोडिएको छ ।

 

 

 

 

 

merokhabarsathi

Read Previous

खानेपानी व्यवस्थापन बोर्ड डिजिटल, अनलाईन मार्फत् महशुल तिर्न सकीने

Read Next

कोलगेटमा खतरनाक रसायन पदार्थ भेटियो, क्यान्सर हुन सक्ने खतरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *