Breaking News :

बेरोजगार नागरिकलाई महानगरपालिकाले रोजगारी दिने

बेरोजगार नागरिकलाई काठमाडौं महानगरपालिकाले रोजगारी दिने भएको छ । त्यसका लागि वडा कार्यालयमा गएर बेरोजगारीको विवरण बुझाउन आग्रह गरेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम र महानगरको आर्थिक वर्ष ०७६–७७ को बजेटका विषयमा छलफल गर्न आयोजित कार्यक्रममा मेयर विद्यासुन्दर शाक्यले बेरोजगारीलाई रोजगारी दिने बताउनुभयो ।

‘बेरोजगारीलाई एक सय दिनको रोजगारी दिन्छौँ । सूचीमा भएकाले यदि काम पाएनन् भने उनीहरुलाई निर्वाह भत्ताबापतको रकम दिन्छौँ,’ मयर शाक्यले भन्नुभयो ।

merokhabarsathi

Read Previous

घाँस काट्न गएकी एक किशोरीको बलात्कार

Read Next

खानेपानी व्यवस्थापन बोर्ड डिजिटल, अनलाईन मार्फत् महशुल तिर्न सकीने

Leave a Reply

Your email address will not be published. Required fields are marked *