डोटीमा घाँस काट्न गएकी एक किशोरीको बलात्कार भएको छ ।
जोरायल गाउँपालिका – २ बस्ने १५ वर्षीया किशोरीलाई मंगलबार दिउँसो बलात्कार भएको हो ।
बलात्कारको आरोपमा सोही ठाउँ बस्ने २१ वर्षीय तिलक भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।
गोगन खोलास्थितजङ्गलमा घाँस काट्न गएको अवस्थामा बलात्कार भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।
किशोरीको स्वास्थ्य परीक्षणको लागि अस्पताल पठाइएको । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।