काँग्रेस केन्द्रिय समितिको निर्देशन अनुसार जागरण अभियानका काँग्रेस नेता सुरेन्द्र प्रसाद चौधरीले अहिले को सरकारले धम्काउन खोजेको बताउनुभएको छ। नेपाली काँग्रेस चितवनको एक महिने जागरण अभियानको उदघाटन गर्ने क्रममा उहाँले त्यस्तो भन्नुभएको हो।
प्रचण्डलाई लक्षित गर्दै चौधरीले “सरकारमा एउटा अध्यक्षले चलाउने र अर्को अध्यक्षले जंगल जान्छु भन्ने, कस्लाई धम्काउन खोज्दै छ दुई तिहाईको सरकार ।” पछिल्लो समय आएर सरकारको रबैयाका कारण ओलिको राष्ट्रबादलाई प्रस्ट पारेको भन्दै उहाँले यसलाई जनताका माझमा पुर्याउन आबश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता चौधरीले सरकार आफ्नो अर्कमन्यताका कारण संकटमा पर्ने बताउनु भयो । अहिले सरकारलाई दुई तिहाईको दम्भ भएका कारण समाजमा अर्कमन्यता देखिएको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो “राजा ज्ञानेन्द्रले आफ्नै घमण्डीका कारण जनताबाट अपमान सहनु परेको थियो । अव यो सरकार पनि त्यसरीनै आबसान हुन्छ ।” सदन प्रतिपक्षले चलाउने भए पनि अहिले सदन र सरकार दुबै सत्ताले चलाएको उहाँको आरोप थियो । लोकतन्त्रमा मात्रै जनताको अधिकार प्राप्ति हुने भन्दै प्रतिनिधि चौधरीले सरकार अहिले अधिनायक वाद तर्फ उन्मुख भएको आरोप समेत लगाउनु भयो । सरकारले अहिले जातिय नस्लबादि राजनिति गर्न खोजेको भन्दै उहाँले यसलाई रोक्न नसके मुलुक अराजकतामा जाने उहाँले बताउनु भयो ।
सरकारले गरेका हरेक कामहरुलाई निरन्तर अरुपमा अध्ययन गर्ने हो भने अहिले सरकार अधिनायकबाद तर्फ केन्द्रित भएको वताउनु भयो। अहिले काँग्रेसले सुरु गरेको अभियान पहिलो चरणको रहेको बताउँदै उहाँले अब जनताका माझ सरकारको कामको भण्डाफोर गर्ने समय आएको बताउनु भएको छ। जनतालाई झुक्याएर दुख दिन नपाईने भन्दै उहाँले नेपालको अशलि राष्ट्रवादि शक्ति काँग्रेस रहेको बताउनु भयो।
कार्यक्रताहरुमा एक अर्काको शक्ति वनेर अघि वढ्नु आबश्यक रहेको छ । काँग्रेसलाई गुटले समस्या बनाएको भन्दै अब गुटको अन्त्य गर्नु आबश्यक रहेको बताउँनु भयो । गुट उपगुटमा नलागि काँग्रेसमा लागेर काम गर्न उहाँले कार्यक्रताहरुलाई निर्देशन समेत दिनु भयो ।
नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठको अध्यषतामा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस चितवनका उपसभापति कैशलास कोईराला, प्रबक्ता निता ढकाल र महासमिति सदस्य दिनेश कोईराला लगाएतले बोल्नु भएको थियो ।