सार्वजनिक जग्गा संरक्षण गर्दै भरतपुर महानगर

देशका बिभिन्न स्थानहरुमा सार्वजनिक जग्गा व्याक्तिको नाममा गएको समाचार आई रहँदा चितवनमा भने यसको खोजि र संरक्षणको काम सुरु गरेको छ । वालुवाटर देखि रत्नपार्क सम्मको जग्गा व्याक्तिको नाममा गाईसकेको समाचार आए पछि भरतपुर महानगरले भने यसको खोजि र संरक्षणमा चासो देखाएको हो ।

यसका लागि महानगरले एक वर्ष अघि सार्वजनिक जग्गा खोजविन व्यवस्थापन समिति गठन गरी संरक्षणमा लागेको हो । सो समितिले हालसम्म ४३ विगाहा ११ कठ्ठा १७ धुर जग्गा खोजविन गरी संरक्षण गरिसकेको छ । समितिका संयोजक एवम् वडा नम्बर १० का अध्यक्ष अरुण पीडित भण्डारीका अनुसार समितिले जग्गा खोजी गरी विस्तृत विवरणसहितको बोर्ड राख्ने काम गरिरहेको छ। महानगरपालिकाले दिएको जानकारी अनुसार वडा नं. २ को पुङ्गीखोला नजिक ६ कठ्ठा १० धुर, वडा नं. ३ अन्तर्गत शान्तिमार्ग स्थित ६ धुर, सोही वडाको मजुवा क्षेत्रमा ३५ विगाहा ११ कठ्ठा ११ धुर, वडा नं. ४ को त्रिचोकमा ७ धुर जग्गा खोजविन गरी संरक्षण गरेको छ ।

यसैगरी वडा नं. ४ र ५ को सीमानामा रहेको बुढाथोकी घोलमा पाँच कठ्ठा, वडा नं. १० को चित्रसेन टोलमा ६ धुर, वडा नं. ११ को लामा गाउँमा ६ कठ्ठा, वडा नं. १२ को धनगढा मन्दिर नजिक ३ कठ्ठा १५ धुर, वडा नं. २० को गौचरन अगाडि ३ कठ्ठा १० धुर, वडा नं. २१ को मनिपुरमा १७ कठ्ठा, वडा नं. २२ को घडगाईमा ४ विगाहा १० कठ्ठा, राप्ती किनारमा ३ कठ्ठा १० धुर, पदमपोखरीको दुर्गामन्दिर नजिक ५ कठ्ठा दुई धुर, वडा नं. २३ को खड्गौली चोक नजिक १९ कठ्ठा जग्गा संरक्षण गरेको छ ।

भण्डारीले ती जग्गा व्यक्ति र संस्थाले चर्चेको, झाडी अवस्थामा रहेको पाईएको बताउनुभयो । सबै वडा कार्यालय मार्फत् सुस्मरुपमा जग्गाको खोजविन भईरहेको छ । महानगरभित्र कम्तीमा पाँच सय विगाहा सार्वजनिक जग्गा संरक्षण विहिन अवस्थामा रहेको अनुमान गरिएको उहाँले बताउनुभयो ।

महानगर प्रमुख रेनु दाहालले सार्वजनिक जग्गाको खोजविन र संरक्षण गर्ने जिम्मेवारी स्थानीय तहलाई दिएकाले झण्डै एक वर्ष यता समिति गठन गरी काम भईरहेको बताउनुभयो । देशका प्रमुख शहरहरुमा सार्वजनिक जग्गा अतिक्रमण भईरहेको समाचार सार्वजनिक भईरहेका बेला महानगरले भने एक वर्ष अघि देखि नै गरिरहेको काम सार्थक बन्दै गईरहेको उहाँले बताउनुभयो ।

सार्वजनिक जग्गा संरक्षण हुन नसकेको पाईएमा तत्काल सूचना दिन सबैसँग आग्रह गर्दै उहाँले सहयोगका लागि अपिल गरिंदै आएको बताउनुभयो । पहिलो चरणमा जग्गा संरक्षण गर्ने र दोस्रो चरणमा आवश्यकता अनुसार सार्वजनिक हितमा प्रयोग गरिने बताउनुभयो ।

हाल भेटिएका जग्गाहरुमा वडा कार्यालयदेखि अटोल्याण्ड निर्माणसम्मका काम अघि बढाईएको छ ।

merokhabarsathi

Read Previous

सडक दुर्घटना न्यूनीकरणको लागि चितवनमा चालकको स्वास्थ्य र सवारीको यान्त्रिक परिक्षण

Read Next

दुई तिहाईको सरकारले कस्लाई धम्काउन खोज्दै छ:- काँग्रेस नेता चौधरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *