Breaking News :

सडक दुर्घटना न्यूनीकरणको लागि चितवनमा चालकको स्वास्थ्य र सवारीको यान्त्रिक परिक्षण

सडक दुर्घटना न्यूनीकरणको लागि चितवनमा चालकको स्वास्थ्य र सवारी साधन को परिक्षण (यान्त्रिक परिक्षण) गरिएको छ।

दुर्घटना न्यूनीकरणका लागि र ट्राफिक व्यवस्थापनका लागि सुरु गरिएको सडक सुरक्षा सप्ताहको तेस्रो दिन अन्तर्गत निशुल्क सवारी चालकको स्वास्थ्य परिक्षण तथा सवारीको यान्त्रिक परिक्षण गरिएको हो। चितवन मोडल अस्पताल र पुस्पांजलि अस्पतालको सहयोगमा सवारी चालकको स्वास्थ्य परिक्षण गरिएको हो। भने आजको यस कार्यक्रमको अनुसी अटो ट्रेडर्स सह-आयोजकको रुपमा रहेको थियो।

भरतपुरमा दिनहुँ जस्तो सवारी दुर्घटना हुने गरेकोले त्यसलाई न्यूनीकरण गर्न र जिल्लामा बढ्दो सवारी चापका कारण ट्राफिक व्यवस्थापन गर्न जिल्लामा सो कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख निरीक्षक चन्द्र कुमार गिरीले बताउनुभयो। जिल्लामा सहरीकरण संगै सवारी चाप बढ्दो मात्रामा रहेकोले दुर्घटना न्यूनीकरण गर्न र ट्राफिक व्यवस्थापन गर्न सो कार्यक्रम आवश्यक रहेकोले सप्ताहव्यापी अभियान संचालन गरिएको गिरीले बताउनुभयो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन र चितवनका विभिन्न संघसस्थाको सहकार्यमा सो कार्यक्रम बैशाख २३ गते देखि सुरु भएको र २९ गतेसम्म जारी रहने प्रहरी नायब निरीक्षक कृष्ण ज्यु ठकुरीले बताउनुभयो। सप्ताहको पहिलो दिन नारायणगढको पुल्चोक देखि चौबिस कोठीसम्म सरसफाइ, २४ गते वडा स्तरीय छलफल, आज २५ गते स्कुल कलेज सम्पर्क कार्यक्रम र सवारी चालक तथा परिचालकको स्वास्थ्य प्रशिक्षण, २६ गते दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतना र्याली  २८ गतेसम्म वडास्तरीय प्रशिक्षण अभियान, २७ गते स्थानीय निकायका जनप्रतिनिधि तथा कर्मचारीसँग अन्तरक्रिया, २८ गते दुर्घटनामा परी मृत्यु भएकाको सम्झनामा दीप प्रज्वलन र २९ गते समापन गरिने ठकुरीले जानकारी दिनुभयो ।

merokhabarsathi

Read Previous

नेपाली काँग्रेसको जागरण अभियान आज देखि सुरु

Read Next

सार्वजनिक जग्गा संरक्षण गर्दै भरतपुर महानगर

Leave a Reply

Your email address will not be published. Required fields are marked *