Breaking News :

पोखरामा जाइरोकप्टर दुर्घटना

पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा मंगलबार दिउँसो जाइरोकप्टर दुर्घटनामा परेको छ ।

हेली एयर नेपाल प्रा लि को नाइनएन एएमके कल साइनको जाइरोकप्टर दिउँसो दुई बजे रन वेबाट चिप्लिएर दुर्घटनामा परेको हो ।जाइराेकप्टरमा फ्रान्सका पाइलट एरिक र एक मात्रै यात्रु अनिश भट्टचन रहेका थिए। दुबै जनालाई केही भएको छैन भने जाइराेकप्टरमा क्षति पुगेको छ। ।

जाइरोकप्टर उत्तरी भेगबाट ल्यान्ड गर्ने क्रममा चिप्लिएर दक्षिणी भागको तारबारमा पुगेको ठोक्किएको थियो । दुर्घटनामा जाइरोकप्टरको दुबै पंखा भाच्चिएको छ । अगाडिको सिसा फुटेको छ । पाइलट र यात्रु दुबै सकुशल रहेको नागरिक उड्डयन प्राधिकरण पोखरा कार्यालयका सूचना अधिकारी काशिराज शर्माले बताए ।

merokhabarsathi

Read Previous

सीएमएस भरतपुर गोल्डकप आज बाट सुरु

Read Next

नेपाली काँग्रेसको जागरण अभियान आज देखि सुरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *