सीएमएस भरतपुर गोल्डकप को तयारी पुरा

सीएमएस भरतपुर गोल्डकप–२०७६ को तयारी पुरा भएको छ । भोलि (मंगलबार) देखि नारायणगढको क्याम्पास चौरमा सुरु गोल्डकप आज पत्रकार सम्मेलनको आयोजना गरि तयारी अन्तिम चरणमा पुगेको जनाएको हो।

प्रतियोगिता जेठ २ गते सम्म संञ्चालन हुने छ । ट्राई वेकरका आधारमा खेलाईने प्रतियोगिता अन्तरगर्त हरेक दिन एउटा खेल मात्रै हुने प्रतियोगिता संयोजक प्रकाश भूजेलले जानकारी दिनु भयो । ए जे इन्टरनेसनल प्रा.लि.को आयोजनामा हुन लागेको सो प्रतियोगितामा राष्ट्रिय स्तरका क्लव देखि स्थानीय क्लव सम्मले सहभागिता जनाउने छन् । त्रिभूवन आर्मी, नेपाल पुलिस, एपीएफ, थ्रीस्टार, च्यासल युथ, संकटा, जावलाखेल, विजय युथ हेटौंडा, चितवन ११, वीरगञ्ज युथ एकेडेमी, नुवाकोट ११ र झापा ११ ले प्रतियोगितामा भाग लिने आयोजकले जनाएको छ ।

पूर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले उद्घाटन गर्ने प्रतियोगितामा प्रथम हुनेलाई ६ लाख रुपैंया नगद सहति गोल्डकप र द्धितीय हुनेलाई तीन लाख नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा चार बिधाका सर्बोत्कृष्ट खेलाडीहरुलाई जनही रु २० हजार सर्बोत्कृष्ट खेलाडीलाई रु ४० हजार र प्रत्यक प्रतियोगिताको म्यान अफ दी म्याचलाई रु १० हजार रुपैंया प्रदान गरिने भुजेलले बताउनु भयो ।

merokhabarsathi

Read Previous

वर्कशप व्यवस्थापन सम्बन्धी तालिम

Read Next

आज अक्षय तृतीया

Leave a Reply

Your email address will not be published. Required fields are marked *