Breaking News :

जन्मदिनको अवसरमा बिपन्न चेपाङ बालबालिकालाई सहयोग

आफ्नो जन्मदिनको अवसरमा पारेर राप्ती नगरपालिका वडा नं. २ का वडाअध्यक्ष श्यामसुन्दर उप्रेतीले बिपन्न चेपाङ बालबालिकालाई सहयोग गरेका छन ।

राप्ती नगरपालिका ३ मा बस्दै आएका १२ बर्षीय सुकमाया प्रजा, ६ बर्षीय सुमन प्रजा र ३ बर्षीय मिलन प्रजालाई उप्रेतीले लत्ताकपडा सहित सहयोग गरेका हुन । समाजिक उत्तरदायित्व बहन गर्दै जन्मदिनको अवसरमा बिपन्न चेपाङ बालबालिकालाई सहयोग गरेको उहाँले बताउनुभयो ।

६ महिनाअघि काम गर्दा गर्दै आमाको मृत्यु भएपछि ३ बालबालिकाको बिचल्ली भएको छ । पढ्न नपाएका ती बालबालिकाले खानाको लागि चामलसमेत नभएको बताउछन्। उनीहरुका बुवा जित बहादुर प्रजाले काठ चिर्ने काम गरे पनि बालबालिकालाई गुजारा चलाउन मुस्किल भएको छ ।

merokhabarsathi

Read Previous

चितवनले चालु आर्थिक वर्ष भित्रै राष्ट्रिय परिचय पत्र बितरणको काम सुरु गर्ने

Read Next

वर्कशप व्यवस्थापन सम्बन्धी तालिम

Leave a Reply

Your email address will not be published. Required fields are marked *