आज देखि सडक सुरक्षा सप्ताह २०७६ शुरु

सडक दुर्घटना न्यूनीकरणका लागि चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले आजदेखि सडक सुरक्षा सप्ताह २०७६ शुरु गरेको छ ।

Image may contain: one or more people, people standing, shoes and outdoor

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले उक्त सप्ताह शुभारम्भ गर्दै यसबाट सडक दुर्घटना न्यूनीकरण र सडक व्यवस्थापनमा टेवा पुग्ने बताउनुभयोे ।जिल्लामा सवारी साधनको बढ्दो चापसँगै दुर्घटना पनि बढेको हो भन्दै उहाँले चापलाई व्यवस्थापन गर्न सक्नु पनि महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।

सप्ताहको पहिलो दिन आज नारायणगढको पुल्चोकदेखि चौबिस कोठीसम्म सरसफाइ, २४ गते दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतना ¥याली, २५ गते स्कुल कलेज सम्पर्क कार्यक्रम र सवारी चालक तथा परिचालकको स्वास्थ्य प्रशिक्षण, २६ गतेदेखि २८ गतेसम्म वडास्तरीय प्रशिक्षण अभियान, २७ गते स्थानीय निकायका जनप्रतिनिधि तथा कर्मचारीसँग अन्तरक्रिया, २८ गते दुर्घटनामा परी मृत्यु भएकाको सम्झनामा दीप प्रज्वलन र २९ गते समापन गरिने कार्यालयका नायब प्रहरी निरीक्षक कृष्णबहादुर ठकुरीले जानकारी दिनुभयो ।रासस

merokhabarsathi

Read Previous

चितवनको माडीमा अनौठो गुफा फेला

Read Next

चितवनले चालु आर्थिक वर्ष भित्रै राष्ट्रिय परिचय पत्र बितरणको काम सुरु गर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *