चितवनको माडीमा अनौठो गुफा फेला परेको छ ।
निकै आकर्षक रहेको गुफा माडी नगरपालिका १ कल्याणपुरबाट २ घण्टाको पैदलयात्रा पछि मरोट खोलाको सिरानमा रहेको गुफामा पुग्न सकिन्छ ।
सो क्षेत्रमा भवनका भग्नावशेष ,मुर्तिका कलात्मक भग्नावशेष लगायत गुफा, फेला परेको बताइएको छ।
सबै भन्दा अचम्म त सो क्षेत्रमा आकाश तिर फर्केको केराको घरी फेला परेको छ ।
गोद्दक नाथको गरिमा संग जोडिएको हुनसक्ने यो क्षेत्र उत्खनन र संरक्षणको पर्खाइमा रहेको छ।यस तर्फ माडी नगरपालिकाको ध्यान जान जरुरि देखिएको छ ।