आज विश्व हाँसो दिवस। सन् १९९८ देखि मे महिनाको पहिलो आइतबारलाई विश्वभर हाँसो दिवसको रुपमा मनाउन लागिएको हो।
हस्नुका धेरै फाइदाहरु पनि छन्। हाँसोले शारीरिक र मानसिक तनाव हटाउन मद्धत गर्नुका साथै रोग प्रतिरोधी क्षमता वृद्धिमा पनि सहयोग पुर्याउँछ। हाँसोले तनावका हार्मोनलाई घटाई स्वस्थ रहने रसायन बढाउनुको साथै मुटुको रक्षा गर्न सघाउने विज्ञहरुको भनाई छ। विज्ञका अनुसार स्वस्थ रहन दैनिक १० देखि १५ मिनेटसम्म हाँस्नुपर्छ। यसले तौल घटाउन पनि सहयोग पुग्छ। कठिन परिस्थितिमा पनि हाँस्न सक्नु नै स्वस्थ रहने सरल उपाय हो।
आज सबैले सामाजिक संजालमा हासेको फोटो हालेर हाँसो दिवस मनाइरहेका छन्।