Breaking News :

मातातिर्थ औसीका दिन आमा घर सेवा आश्रमद्वारा १०८ जना आमा सम्मानित

जिबन रानाभाट, मकवानपुर।

मातातिर्थ औसी अर्थात् आमाको मुख हेर्ने दिनका अवसरमा बह्माकुमारी राजयोग सेवाकेन्द्र मकवानपुरको भगिनी सस्था आमा घर सेवा आश्रमले १०८ जना विभिन्न उमेर,समुह र सम्प्रदायका नारिहरुलाई सम्मान गरेको छ ।

नेपाल मै पहिलो पटक औसीका दिन सामुहिक रुपमा आमाहरुलाई सम्मान गरिएको सस्थाका संरक्षक विजयराज सिग्देलले जानकारी दिनुभयो । सम्मान कार्यक्रममा बोल्दै कार्यक्रमको प्रमुख अतिथि प्रदेश ३ सरकारकि प्रमुख अनुराधा कोइरालाले आफ्ना सन्तानबाट अपहेलित भएका तथा अति व्यस्तताले गर्दा सन्तानहरुबाट अलग्गिनु परेका आमाहरुलाइ यस सस्थाले गरेको हार्दिकता प्रति आभार ब्यक्त गर्नुभयो ।समाजमा चलिरहेको यस किसिमको समस्याहरुले कोहि पनि आमा दिदि(बहिनिहरु मानसिक समस्याको सिकारबाट बच्नका लागि पनि यस कार्यले सहयोग पुर्याउने समेत उहाले बताउनुभयो ।

कार्यक्रममा मिस नेपाल शृंखला खतिवडाले आमाको महिमालाई शब्द मार्फत ब्यक्त गर्न नसकिने बताउदै आमा प्रति समर्पित सिर्जना समेत प्रस्तुत गर्नुभएको थियो । “जो कोहि सन्तानको पहिलो इच्छा बिहान उठ्ने बितिकै आमाको हसिलो मुहार देख्न पाउ भन्ने हुन्छस्(खतिवडाले भन्नुभयोस्(जिन्दगिको सबै भन्दा ठुलो सफलता र उत्साह आमाको आशिर्वाद भन्दा अरु केहि हुन सक्दैन।“ त्यस्तै नेपाली चलचित्रका नायक निखिल उप्रेतीले भगवानको पाला देखि नै मातृ शक्ति भन्दा ठुलो शक्ति अरु कुनै हुन नसक्ने सुन्दै आएको र आज सम्म पनि संसारका हरेक सु(प्रसिद्द व्यक्तिहरुको पछाडी आमाको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्नुभयो ।

मकवानपुर(८ मनहरीमा रहेको आमा घर सेवा आश्रम आगामी २०७७ साल बैशाख १ गतेदेखि संचालनमा आउने आश्रमका अध्यक्ष रामचन्द्र उप्रेतीले जानकारी दिनुभयो ।प्रदेश सरकारको आर्थिक संगै विभिन्न संघ(सस्था र व्यक्तिको सहयोगमा निर्माण गरिएको आश्रम संचालन गर्न करिब ७ करोड लाग्ने अनुमान गर्दै उहाले रकमको परिचालन आमा घर सेवा आश्रम कार्य समितिको प्रत्यक्ष निगरानीमा गरिने बताउनुभयो । कुनैपनि उमेर,सम्प्रदाय र वर्गका नारीहरुलाई जिबनलाइ अझ सहजता बनाउन सिकौ र पारिवारिक बिखन्डनको थप संकटबाट जोगाउनका लागि अध्ययन र अनुसन्धान गर्ने थलोको रुपमा बिकाश गर्ने उहाले जानकारी दिनुभयो ।

merokhabarsathi

Read Previous

मन्त्रीको गाडीले स्कुटरलाई ठक्कर

Read Next

त्रिशूली नदीमा अबैध उत्खननले जलयात्रा व्यवसाय सङ्कटमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *