Breaking News :

मन्त्रीको गाडीले स्कुटरलाई ठक्कर

मन्त्रीको गाडीले स्कुटरलाई ठक्कर दिएपछि शान्तिनगरमा हंगामा भएको छ ।

दुई नम्बर प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री यागेन्द्र राय यादव सवार ज १ झ ४४५ नम्बरको गाडीले स्कुटरलाई ठक्कर दिएको हो । मन्त्रीको गाडीले बा ४२ प ३३३२ नम्बरको स्कुटरमा ठक्कर दिएपछि स्कुटर पल्टिएको थियो ।

स्कुटर पल्टिए पनि स्कुटरमा सवार दुई युवाहरुलाई भने केही पनि भएको छैन । स्कुटर पल्टिए पछि युवाहरुले विवाद गरेकाले उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरु विप्लव समूहको नेकपा निकट विद्यार्थी संगठनका विद्यार्थी नेता भएको आशंका गरिएको छ ।

merokhabarsathi

Read Previous

नारायणगढ -बुटवल सडकमा वन्यजन्तु मार्ग बनाइँदै

Read Next

मातातिर्थ औसीका दिन आमा घर सेवा आश्रमद्वारा १०८ जना आमा सम्मानित

Leave a Reply

Your email address will not be published. Required fields are marked *