आज मातातीर्थ औंसी देशभर श्रद्दा पुर्वक मनाइदै

आज आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औंसी देशभर श्रद्दा पुर्वक मनाइदै।

वैशाख कृष्ण औंसीका दिन मनाइने यस पर्वमा आमालाई मीठा–मीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिने परम्परा छ ।

आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा शुभाशीर्वाद थाप्ने दिनका रुपमा मातातीर्थ औंसीलाई लिइन्छ ।

आमा नभएकाहरुले भने आमालाई तर्पण र पिन्डसहित श्राद्ध तथा पुरोहितलाई सिदा दानसहित भोजन गराइ दिवंगत आमा र उनले गरेका महान् एवं कस्टकर काम सम्झने गर्दछन् ।

आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूलो र अतूल्य हुने शास्त्रहरुमा पनि वर्णित छ ।

merokhabarsathi

Read Previous

भवन निमार्णका लागि जग खन्ने क्रममा सुन र चाँदी भेटियो

Read Next

मेरुदण्डको घाइतेलाई सुरक्षित अस्पताल पुर्‍याउन सुझाव

Leave a Reply

Your email address will not be published. Required fields are marked *