Breaking News :

रातो मच्छिन्द्रनाथको रथारोहण भोलि आइतबार गरिने

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथारोहण भोलि आइतबार गरिने भएको छ ।

हरेक वर्ष वैैशाख शुक्लपक्ष प्रतिपदाको दिन रातो मच्छिन्द्रनाथलाई तःबहाल स्थित मन्दिरबाट बाजागाजा र पूजाआजा सहित खटमा राखेर पुल्चोकमा निर्माण गरिएको रथमा लगेर विराजमान गराइन्छ । यही वैशाख ७ गते कृष्ण प्रतिपदाको दिन लगनखेलको डबलीमा राखेर मच्छिन्द्रनाथलाई महास्नान गराइको थियो।

आज रातिदेखि विविध विधिअनुसार भगवान् को दशकर्म जस्तै न्वारन, पास्नी, व्रतबन्ध, विवाह, गुफा राख्ने आदि काम अघि बढाइने गुठी संस्थान ललितपुरका कार्यालय प्रमुख शैलेन्द्र पौडेलले जानकारी दिए ।

“रातो मच्छिन्द्रनाथलाई महिला, पुरुष दुवैको प्रतीकका रुपमा पुजिन्छ”, पौडेलले भने, “भगवानको अनुहारमा विशेष किसिमको माटो लगाउने नेकुलहरुले मच्छिन्द्रनाथको रङरोगन र श्रृंगारको काम गरिसकेका छन् ।”

यही २५ गते बुधबार मच्छिन्द्रनाथको रथ पुल्चोक बाट गाबहाल तर्फ तानिने भएको छ । पहिलो दिन गाबहाल हुँदै मङ्गल बजार, सुन्धारा, थापाहिटी, लगनखेल अनि जावलाखेल पुर्याउने चलन छ ।

करीब एक हजार ६०० वर्ष पुरानो मच्छिन्द्रनाथको जात्रा काठमाडौँ उपत्यकाको सबैभन्दा लामो जात्रा हो । यो जात्रा दुई महीनासम्म मनाउने चलन छ ।

merokhabarsathi

Read Previous

राष्ट्रपतिले ‘मेरो सरकार’ भन्दा विरोध र आलोचना, विपक्षी दलका नेताहरुको यस्तो ट्वीट

Read Next

भवन निमार्णका लागि जग खन्ने क्रममा सुन र चाँदी भेटियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *