चितवनको नारायणगढ स्थित पुतली बजार भृकुटीपथमा ग्यालेक्सी इम्पाईर लंज एण्ड बार संचालनमा आएको छ । सबै वर्गलाई लक्षित गरी ग्यालेक्सी इम्पाईर लंज एण्ड बार संचालनमा आएको हो ।
प्रवन्ध निर्देशक विशाल श्रेष्ठले स्वदेशमै फरक ढंगले ग्राहकहरुलाई सेवा दिन लङ एण्ड बार संचालनमा ल्याएको बताएका छन् । उनले यहाँ आउने ग्राहकहरुले फरक वातावरणमा रमाउन पाउने बताए । उनका अनुसार बारमा दिउँसो देखि नै लाईभ म्युजिक हुनेछ । उनले भने–“रक म्युजिक यहाँ हुँदैन, सबै वर्गलाई मनपर्ने गीत संगीत हुनेछ ।”
लंज एण्ड बारका म्यानेजर अनुप खत्रीले पूर्ण पारिवारिक वातावरणमा ग्राहकले सेवा लिन पाउने बताए । लंज एण्ड बारका सिनियर सेफ प्रतिक प्रधानले गुणस्तरी खानेकुरा ग्राहकलाई पस्किनेमा ढुक्क रहन आग्रह गरे । उनले किचन पूर्ण सरसफाईयुक्त रहेको भन्दै यसमा शंका गर्नुपर्ने कुनै अवस्था नै नरहेको बताए ।