बंगालको खाडीमा बनेको चक्रवात फानीको प्रभाव नेपालमा पनि देखिन थालेको छ । यसकै प्रभावले देशका धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्न थालेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसको प्रभाव चितवनमा पनि परेको छ । चितवनमा बिहानैदेखि हाबाहुरी चलेको छ भने अन्धकार भएको छ । हावाहुरी र वर्षा भएपछि चितवनका अधिकांश विद्यालयहरु आज बन्द भएका छन् ।
विहानदेखि चलेको डरलाग्दो हावाहुरी र वर्षाले प्रभाव पारेपछि चितवनका अधिकांश विद्यालय बन्द गरिएको हो ।