Breaking News :

आफ्नै ओछ्यानमा मृत भेटिइन् महिला

सिरहा नगरपालिका–१४, खिरौनामा शुक्रबार बिहान एक महिला आफ्नै घरको ओछ्यानमा मृत अवस्थामा भेटिएकी छन् ।

सिरहा नगरपालिका–१४, खिरौनाकी २१ वर्षीया मनिषाकुमारी मण्डल मृतावस्थामा भेटिएकी हुन् ।

मृतक मनिषाको शव परीक्षणका लागि जिल्ला अस्पताल सिरहामा ल्याएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।

मनिषाको हत्या हो वा आत्महत्या त्यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक खरेलले बताए ।

यता, स्थानीयवासीले घरपरिवारकै सदस्यबाट मनिषाको हत्या भएको हुनसक्ने आशंका गरेका छन् ।

गत फागनु १७ गते रामेश मण्डलसँग मनिषाको विवाह भएको थियो । बिहेका बेला दिएको दाइजो कम भएको भन्दै सासू तारा मण्डलले मनिषालाई पटक–पटक शारीरिक यातना तथा कुटपिट गर्दै आएको माइतीपक्षको आरोप छ । रासस

merokhabarsathi

Read Previous

फानी चक्रवातःसतर्कता रहन आग्रह, हेलिकप्टर नउडाउन राष्ट्रिय आपत्कालीन केन्द्रको अपिल

Read Next

चक्रवात फानी:-चितवनमा पनि प्रभाव, अधिकांश विद्यालय बन्द

Leave a Reply

Your email address will not be published. Required fields are marked *