Breaking News :

फानी चक्रवातःसतर्कता रहन आग्रह, हेलिकप्टर नउडाउन राष्ट्रिय आपत्कालीन केन्द्रको अपिल

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले शनिबारसम्मका लागि हेलिकप्टर उडान नगर्न सार्वजनिक अपिल गरेको छ।

भारतमा आएको फानी चक्रवातले नेपालको पूर्वी भाग पनि नराम्ररी प्रभावित हुने भन्दै केन्द्रले सतर्कता अपनाउन आग्रह गरेको हो।

भारतमा बिहानैदेखि चक्रवातको प्रभाव सुरु भइसकेको छ। प्रतिघण्टा गति १ सय ७५ किमिमा फानी चक्रवात चलिरहेको छ भने उक्त चक्रवातले नेपालका मध्य क्षेत्र चितवन, मकवानपुर, काठमाण्डौ उपत्यका लगायतको क्षेत्रमा पनि मध्यम वर्षा भइरहेको छ। आगामी ३ घन्टाको पूर्वानुमान अनुसार प्रदेश ५ र कर्णाली प्रदेशको पहाडी क्षेत्रमा समेत मध्यम वर्षा हुने देखिएकाले उल्लेखित क्षेत्रहरुमा सतर्कता रहन आग्रह गरेको छ।

यसको प्रभाव आइतबारसम्म रहने मौसम पूर्वानुमान विभागले जानकारी गराएपछि शनिबार दिनभरसम्मका लागि हेलिकप्टर नउडाउन भनिएको हो। फानी चक्रवात क्याटागोरी ३ वा ४ को आँधी हो। जसले लाखौँ मानिसको ज्यान जोखिममा पार्ने सम्भावना हुनसक्छ। यसको हावाको गति प्रतिघण्टा २ सयदेखि ३ सय किमिसम्म हुन्छ।

यसैबीच, नवलपरासी, चितवनलगायतका तराईका जिल्लामा आज विद्यालय बन्द गराइसकिएको छ।

merokhabarsathi

Read Previous

टिपरको ठक्करबाट बुटवलमा परिक्षा दिएर फर्किदै गरेको एक युवतीको मृत्यु

Read Next

आफ्नै ओछ्यानमा मृत भेटिइन् महिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *