Breaking News :

सामाजिक सञ्जाललाई गलत उपयोग गर्नु मुन्तलामा ऐजेरु र धानमा साँवा पलाए जस्तै हो:-प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सामाजिक सञ्जाल र सूचना प्रविधिलाई गलत रुपमा उपयोग गर्नु मुन्तलामा ऐजेरु र धानमा साँवा पलाए जस्तै हो, त्यसकारण यस्ता प्रवृतिलाई निस्तेज पार्दै लैजानु बताएका छन् ।

बिहीबार राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले प्रविधिलाई नकारात्मक कुराको प्रचार गर्ने माध्यम बनेको टिप्पणी गरे ।

प्रधानमन्त्री ओलीले नेपालमा केही बर्ष अघिसम्म पनि मोबाइल चलाउनु अनौठो मानिने बताउंदै प्रधामन्त्री ओलीले अहिले यो अत्यावश्यक वस्तु भइसकेको बताए । क‘ेही बर्ष अघिसम्म हङकङमा ड्राइभरले मोबाइल चलाएको कुरा सुन्दा नेपालीहरु अनौठो मान्थे तर अहिले आफ्नै घरमा बच्चालाई मोबाइलबाट जोगाउन गाह्रो भइसक्यो’ उनले भने ।

प्रधानमन्त्री ओलीले प्रविधिलाई उत्पादनसँग जोड्नु पर्ने बताउनुभएको छ । ‘प्रविधिलाई उत्पादन र विकाससँग जोडेर उपयोग गर्नुपर्दछ’ प्रधानमन्त्री ओलीले भने, ‘प्रविधिले छिटो र उन्नतस्तरको ज्ञान दिन सक्छ । त्यसको सदुपयोग गर्नु पर्दछ ।’

merokhabarsathi

Read Previous

शक्तिशाली ‘फानी’ चक्रवात, नेपालमा पनि प्रभाव पार्ने सम्भावना

Read Next

टिपरको ठक्करबाट बुटवलमा परिक्षा दिएर फर्किदै गरेको एक युवतीको मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *