Breaking News :

शक्तिशाली ‘फानी’ चक्रवात, नेपालमा पनि प्रभाव पार्ने सम्भावना

अबको तीन दिन देशका धेरैजसो भूभागमा मौसम बदली भई हावाहुरीसहित पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बंगालको खाडीबाट विकसित भएको शक्तिशाली चक्रवात ‘फानी’ तथा पश्चिमी वायुको प्रभावले बिहीबार साँझदेखि शनिबारसम्म नेपालको मौसम बदली हुने मौसमविद् मञ्जु बासीले बताइन्।

चक्रवात ‘फानी’ हाल बंगालको खाडीको मध्य पश्चिमी भागमा अवस्थित रहेको र बिस्तारै उत्तरपूर्वी दिशातर्फ बढिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबारबाट यो प्रणाली भारतको ओड़िसा को तटीय क्षेत्रमा भित्रिने सम्भावना रहेको र यो प्रणाली कमजोर बन्दै जाने महाशाखाको भनाइ छ ।

‘उक्त चक्रवात नेपालतर्फ आउने सम्भावना अहिलेसम्म नदेखिएता पनि यसको प्रभावबाट नेपालको पूर्वी र मध्य क्षेत्रमा भोलि (शुक्रबार) र पर्सि (शनिबार) मौसम केही प्रभावित भइ पूर्वी र मध्यका स्थानहरुमा मेघ गर्जन/चट्टयाङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ भने हिमाली भूभागमा पनि मध्यम देखि भारी हिमपातको सम्भावना रहेको देखिन्छ,’ महाशाखाले बिहीबार विहान जारी गरेको सूचनामा भनिएको छ ।

देशको पश्चिमी क्षेत्रमा भोलि (शुक्रबार) पश्चिमी वायुको प्रभाव रहने हुँदा केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिएको महाशाखाले जनाएको छ । आइतबारदेखि देशभर मौसममा क्रमिक रुपमा सुधार आउने सम्भावना रहेको पनि महाशाखाले सूचनामार्फत जनाएको छ ।

merokhabarsathi

Read Previous

जोखिमपूर्ण अवस्थामा रहेका हुम्लाका दुई महिलाको हेलिकप्टरबाट उद्धार

Read Next

सामाजिक सञ्जाललाई गलत उपयोग गर्नु मुन्तलामा ऐजेरु र धानमा साँवा पलाए जस्तै हो:-प्रधानमन्त्री ओली

Leave a Reply

Your email address will not be published. Required fields are marked *