Breaking News :

जोखिमपूर्ण अवस्थामा रहेका हुम्लाका दुई महिलाको हेलिकप्टरबाट उद्धार

जोखिमपूर्ण अवस्थामा रहेका हुम्लाका दुई महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ।

बुधबार बिहान कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलसहितको टोली हुम्ला पुगेर चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्यचौकीमा कार्यरत अनमी निशा नेपाली र ओदानचुली गाउँपालिका–१ का ३५ वर्षीया राजकला महतारालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेको हो।

वैशाख १४ गते राति २ बजेदेखि रक्तस्रावको अनमी नेपाली थला परेकी थिइन्।

दाङ, घोराही उपमहानगरपालिका–१५ स्थायी निवासी ३३ वर्षीया अनमी नेपालीको उद्धारको पहल भइरहेका बेला ओदानचुली गाउँपालिका निवासी राजकला महतारा पनि सुत्केरी भएर समस्या भएपछि थप उपचारका लागि प्रदेश अस्पातल सुर्खेतमा ल्याइएको सामाजिक विकासमन्त्री रावलले बताए।

अनमी नेपालीको तीन महीना पहिले गर्भ खेर गएको थियो। उनी औषधि गरेर आफ्नो कार्यक्षेत्र हुम्ला मेल्छाम स्वास्थ्य चौकीमा फर्किएकी थिइन्।

 

merokhabarsathi

Read Previous

सौराहामा नेपाल भ्रमण वर्ष लक्षित बिशेष अभियान,प्याकेजका कार्यक्रम ल्याएर पर्यटक बढाइने

Read Next

शक्तिशाली ‘फानी’ चक्रवात, नेपालमा पनि प्रभाव पार्ने सम्भावना

Leave a Reply

Your email address will not be published. Required fields are marked *