Breaking News :

दुर्घटना न्यूनीकरण गर्न र ट्राफिक व्यवस्थापन गर्न चितवनमा महाअभियान हुदै

बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न र ट्राफिक व्यवस्थापन गर्न चितवनमा प्रहरीले महाअभियान चलाउन लागेको छ। दुर्घटना न्यूनीकरणका लागि र ट्राफिक व्यवस्थापनका लागि महाअभियान गर्न लागिएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन र चितवनका विभिन्न संघसस्थाको सहकार्यमा हुन लागेको सो कार्यक्रम बैशाख २३ गतेदेखि सुरु भइ २९ गतेसम्म जारी रहने प्रहरी नायब निरीक्षक कृष्ण ज्यु ठकुरीले बताउनुभयो। कार्यक्रममा दुर्घटना न्यूनीकरण सम्बन्धि सचेतना र्याली, चालक सहचालकको स्वास्थ्य परिक्षण, सवारीसाधनको यन्त्र परिक्षण(यान्त्रिक परिक्षण),  स्कुल कलेजका शिक्षक विद्यार्थी र सवारी चालकलाई प्रशिक्षण, वडा स्तरीय प्रशिक्षण, स्थानीय जनप्रतिनिधि तथा कर्मचारी संग छलफल, दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन गरिने ठकुरीले जानकारी दिनुभयो।

भरतपुरमा दिनहुँ जस्तो सवारी दुर्घटना हुने गरेकोले त्यसलाई न्यूनीकरण गर्न र जिल्लामा बढ्दो सवारी चापका कारण ट्राफिक व्यवस्थापन गर्न जिल्लामा सो कार्यक्रम गर्न लागिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख निरीक्षक चन्द्र कुमार गिरीले बताउनुभयो। जिल्लामा सहरीकरण संगै सवारी चाप बढ्दो मात्रामा छ। तर आवश्यक ट्राफिक प्रहरी को संख्यामा भने कमि छ। त्यसैले दुर्घटना न्यूनीकरण गर्न र ट्राफिक व्यवस्थापन गर्न  स्थानीय जनप्रतिनिधि संगै चितवनका विभिन्न संघसस्थाको पनि आवश्यकता छ र सहयोगको अपेक्षा हामीले गरेका छौ। प्रहरी निक्षक गिरीले भन्नुभयो।

सडक दुर्घटना कम गर्न अटो रिक्साको व्यवस्थापन साथै सडक व्यवस्थापनमा समेत ध्यानदिन विभिन्न संघसस्थाका व्यक्तिहरुले सुझाव दिएकाथिए ।

merokhabarsathi

Read Previous

मजदूरको पक्षमा सरकारः नेता पाण्डे

Read Next

सौराहामा नेपाल भ्रमण वर्ष लक्षित बिशेष अभियान,प्याकेजका कार्यक्रम ल्याएर पर्यटक बढाइने

Leave a Reply

Your email address will not be published. Required fields are marked *