Breaking News :

टिप्परले मोटरसाईकललाई ठक्कर दिदा घाईते भएका एक जनाको मृत्यु

टिप्परले मोटरसाईकललाई ठक्कर दिदा घाईते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ना ७ ख २२६९ नंको टिपरले ना १८ प १००१ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक भरतपुर महानगरपालिका ५ का ५२ वर्षीय धर्मराज अधिकारीको मृत्यु भएको हो ।

चौबिसकोठीबाट भरतपुर महानगरपालिका–५ लङ्कु विशालचोकतर्फ जाँदै गरेको टिपरले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई मङ्गलबार बिहान ८ः२० बजे ठक्कर दिएको थियो । ठक्करबाट घाइते अधिकारीको उपचारका क्रममा गएराति २ बजे पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो ।

मोटरसाइकलमा सवार अधिकारीकी श्रीमती ४५ वर्षीया कमला अधिकारी घाइते भएकी छिन्। घाइते अधिकारीको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकललाई ठक्कर दिने टिपर र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

merokhabarsathi

Read Previous

‘पुरुषमात्र हुने मञ्च इन्कार गरौं’ अभियान सुरु

Read Next

आज १३० औं अन्तर्राष्ट्रिय मजदुर दिवस,नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *