Breaking News :

भरतपुरमा हुनेभयो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

यस पटकको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भरतपुरमा हुने भएको छ ।

प्रतियोगिताका संयोजक जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीको अध्यक्षतामा १७ गते मंगलबार वसेको वैठकले जिल्ला स्तरीय प्रतियोगिता जेठ १६ गते बाट १८ गते सम्म गर्ने निर्णय गरेको हो ।

सवै स्थानीय तहले स्थानीय स्तरमा खेल गराउने र छनौट भएका खेलाडीहरुले जिल्लामा प्रतिस्पर्धा गरी प्रदेश प्रतियोगिताका लागि छनोट हुने जिल्ला खेलकुद विकास समिति चितवनका अध्यक्ष गंगालाल लामाले बताए ।

वैठकमा प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेत, जिल्ला समन्वय उपप्रमुख मुनाकुमारी श्रेष्ठ, जिल्ला प्रहरी प्रमुख एसपी सुशिलसिंह राठौर, जिल्ला समन्वय अधिकारी हरि वखतीलगायतको उपस्थिति रहेको जिल्ला खेलकुद विकास समितिका सचिव रामजी ढकालले बताए ।

merokhabarsathi

Read Previous

नेपालमा हात्ती व्यवस्थापनका लागि नयाँ कार्ययोजना ल्याइँदै

Read Next

‘पुरुषमात्र हुने मञ्च इन्कार गरौं’ अभियान सुरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *