अस्ताए वामपन्थी नेता काजीबा, प्रचण्ड द्वारा श्रद्धाञ्जली व्यक्त
मोरङमा खोलामा गाडिएको अवस्थामा प्रहरीले राइफल फेला पारेको छ।
मधुमल्लास्थित इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मिक्लाजुङ गाउँपालिका वडा नम्बर ६ स्थित नुनसरी खोलामा गाडिएको अवस्थामा एम-१६(सिक्सटिन) राइफल बरामद गरेको हो।
खिया लागेको अवस्थामा उक्त राइफल १ थान, म्यागजिन १ थान र ६ राउन्ड गोली आइतबार साँझ फेला पारिएको प्रहरीले जनाएको छ। घटनाका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएकोछ।