Breaking News :

जंगली हात्तीको आक्रमणबाट १ सय ३७ जनाको मृत्यु

पछिल्लो १५ वर्षमा नेपालमा जंगली हात्तीको आक्रमणबाट १ सय ३७ जनाले ज्यान गुमाएको तथ्यांक सार्वजनिक भएको छ ।

जंगली हात्ती संरक्षणका लागि निर्माण गर्न लागिएको कार्ययोजनाको सुझाव संकलन गर्न चितवनको सौराहामा आयोजित छलफलमा जंगली हात्तीको आक्रमणबाट १ सय ३७ जनाको ज्यान गएको तथ्यांक सार्वजनिक गरिएको हो ।

जंगली हात्तीको आंतक सबैभन्दा बढी बर्दियामा भएको छ । बर्दियामा १५ वर्षको अवधिमा ३५ जनाले ज्यान गुमाएको पर्सा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक रामले जानकारी दिए ।

त्यस्तै झापामा २८ जनाले ज्यान गुमाउँदा चितवनमा ११ जनाले जंगली हात्तीको आक्रमणमा ज्यान गुमाएका छन् । सप्तरी र सिरहामा पनि ११–११ जनाको मृत्यु भएको तथ्यांक छ ।

merokhabarsathi

Read Previous

गैँडाको आक्रमणबाट एकको मृत्यु

Read Next

खोलामा गाडिएको अवस्थामा राइफल फेला

Leave a Reply

Your email address will not be published. Required fields are marked *