Breaking News :

गैँडाको आक्रमणबाट एकको मृत्यु

भरतपुर महानगरपालिका–२८ भङ्गाहमा गैँडाको आक्रमणबाट एकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही स्थान निवासी ४६ वर्षीय खडेन्द्रकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

महतोलाई माछा मारी घर फर्कने क्रममा गैँडाले आक्रमण गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गैँडाको आक्रमणबाट घाइते महतोको उपचारका क्रममा आज बिहान ३ः३० बजे चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

महतोलाई गैँडाले सोमबार राति ९ बजे आक्रमण गरेको थियो । रासस

merokhabarsathi

Read Previous

दुखद खबर:पाल्पामा जन्ती बोकेको जीप दुर्घटना,५ जनाको मृत्यु

Read Next

जंगली हात्तीको आक्रमणबाट १ सय ३७ जनाको मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *