Breaking News :

दुखद खबर:पाल्पामा जन्ती बोकेको जीप दुर्घटना,५ जनाको मृत्यु

पाल्पामा जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।

पाल्पाको निस्ती गाउँपालिकाकाे भिरपानीबाट धुरे तर्फ जाँदै गरेकाे लु१ज १९४१ नम्बरको जीप निस्ती-७ धुरेमा साेमबार साँझ साढे ५ बजे दुर्घटनामा परेको हो। दुर्घटनामा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

मृत्यु हुनेमा निस्ती गाउँपालिका–७ का वर्ष ४५/४६ खडकबहादुर सोमै, वर्ष ५५/५६ का देवीलाल घनगाहा, वर्ष ४५/४६ का लालबहादुर सारु, वर्ष ५७/५८ का सन्तबहादुर सोती र चालक बुद्धिबल सोती रहेका छन्।

गाडी सडकबाट करिब ३ सय ५० मिटर तल भिरमा खसेको छ। घटनास्थलमा उद्धारका लागि प्रहरी परिचालन गरिएको छ।

जीपमा ६ जना सवार रहेकोमा एक जना हाम फालेर बाँच्न सफल भएका र उनी सकुशल रहेकाे प्रहरीले जनाएकाे छ।

merokhabarsathi

Read Previous

चितवन राष्ट्रिय निकुञ्जद्धारा मध्यवर्ती क्षेत्रको सामुदायिक विकासका लागि सात करोड

Read Next

गैँडाको आक्रमणबाट एकको मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *