नायिका श्वेतालाई अर्को बज्रपातः ट्यूमर देखिएपछि अचानक शल्यक्रिया

सामाजिक काम र व्यवसायलाई सँगसँगै अघि बढाइरहेकी नायिका स्वेता खड्काको गर्धनको शल्यक्रिया भारतमा गरिएको छ ।

चलचित्र ‘हेलो जिन्दगी’का लागि लन्डन पुगेको केही दिनमै उनलाई स्वास्थ्यमा समस्या आएपछि अचानक स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएकी थिइन ।

चिउडो मुनीको भाग अत्याधिक दुखेपछि अस्पतालमा पुगेर डाक्टरसँग परामर्श गर्दा ट्यूमर देखिएको उनले आफ्नो फेसबुकमा लेखेकी छन ।

त्यसपछि श्वेतालाई लन्डनबाट तत्कालै नयाँ दिल्ली ल्याइएको थियो । डा. सुरेन्द्र कुमार दासले आफ्नो सफल शल्यक्रिया गरिदिएको पनि उनले जनाएकी छन् ।

शल्यक्रियापछि उने दुःखद स्टाटस लेख्दै अब नयाँ चलचित्र ‘हेल्लो जिन्दगी’ अघि बढाउन नसक्ने भन्दै निराशा व्यक्त गरेकी छन् ।

उनले अगाडी लेखेकी छन्, ‘जीवनले फेरि म सँग अर्को खेल खेल्यो । वास्तवमा जिन्दगी अनिश्चित हुन्छ भन्ने भनाई सत्य रहेछ । तपाईंले बनाएका योजनाहरु केही सेकेन्डम भताभुंग हुँदा रहेछन् ।

म दुःख पूर्वक तपाईंहरुलाई जानकारी गराउन चाहन्छु कि अब म आफ्नो नयाँ चलचित्र हेल्लो जिन्दगीमा काम गर्न सक्षम हुनेछैन । यद्यपि, फेरि एक पटम म भयानक परिस्थितिलाई जितेर निस्किएकी छु ।’

केहि समय चलचित्रबाट टाढा रहेर सिन्धुपाल्चोकको भुकम्प पीडित माझी गाँउमा एकिकृत बस्ती निर्माणमा लागेकी स्वेता चलचित्र ‘हेल्लो जिन्दगी’ को सुटिङको लागी लण्डन गएकी थिइन ।

merokhabarsathi

Read Previous

घुस लिँदै गर्दा वडाध्यक्ष पक्राउ

Read Next

भरतपुर अस्पतालमा बीमाका बिरामीलाई छुट्टै बहिरङ्ग विभाग

Leave a Reply

Your email address will not be published. Required fields are marked *