Breaking News :

घुस लिँदै गर्दा वडाध्यक्ष पक्राउ

सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा सप्तरीका एक वडाध्यक्ष पक्राउ परेका छन् ।

काम गराइदिने भन्दै सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा अख्तियारको टोलीले सुरुङा नगरपालिका–५ का वडाध्यक्ष सिल्टु मियाँलाई सोमबार बिहान पक्रेको हो ।

मोही जग्गा सिफारिस गरिदिने नाममा सुरुङा–५, कुसहाका एक सेवाग्राहीसँग रु २५ हजार लिदैं गरेको अवस्थामा मियाँलाई रंगेहात पक्राउ गरेको अख्तियारले जनाएको छ ।

काठको व्यवसाय गर्दै आएका मियाँ स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेको तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

अख्तियारले नियन्त्रणमा लिइएका मियाँमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

merokhabarsathi

Read Previous

साहित्यकार पारिजातलाइ सम्झदै प्रगतिशील लेखक संघ

Read Next

नायिका श्वेतालाई अर्को बज्रपातः ट्यूमर देखिएपछि अचानक शल्यक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *