Breaking News :

पौडी खेल्ने क्रममा नदीमा डुबेर दुई जनाको मृत्यु

सर्लाहीमा पौडी खेल्न क्रममा नदीमा डुबेर दुई जनाको  मृत्यु भएको छ।

उनीहरुको ईश्वरपुर र हजारियामा शनिबार पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। हजारिया नगरपालिका–९ कुरैनियाका विजय माझीका ५ वर्षीय छोरा विकास माझीको घर नजिकैको बाँधमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो।

त्यसैगरी बरहथवा नगरपालिका–१ हजरियाको बागमती नदीमा पौडी खेल्ने क्रममा डुबेर स्थानीय उद्धव परियारका ८ वर्षीय छोरा सुशान्त परियाको पनि मृत्यु भएको छ।

दुवै बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको प्रहरीले जनाएको छ।

विगत केही दिनदेखि गर्मी बढ्दा सर्लाहीमा नदी र पोखरीमा पौडी खेल्न जाने बढेका छन्।

 

merokhabarsathi

Read Previous

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघको आहारा प्रजातिको अनुगमन

Read Next

लगातार वर्षात भएपछि चितवनका इँटा उद्योग बन्द

Leave a Reply

Your email address will not be published. Required fields are marked *