उपचारका क्रममा ९ महिनाको बच्चाको ज्यान गए पछी आफन्तले गरे चितवन मेडिकल कलेज तोडफोड

चितवन मेडिकल कलेजमा उपचारका क्रममा ९ महिनाको बच्चाको ज्यान गए पछी परिवार र आफन्तले अस्पातलमा तोडफोड गरेका छन् । सामान्य रुघाखोकी उपचार गराईरहेको पेश घिमिरेका नौ महिनाका छोरा रुप्सन घिमिरेको ज्यान गए पछी आक्रोसित परिवार र आफन्तले अस्पतालको मुख्य प्रवेशद्वारमा तोड फोड गरेका हुन् ।

उनिहरुले अस्पातलको लापरबाहीको कारण बच्चाको ज्यान गएको र अस्पातलले शव समेत गायब बनाएको आरोप लगाएका छन् । अस्पातलको चरम लापबाहीको कारण ज्यान गएको र आफुहरुलाई खबर नै नगरी शव गाएब गराएको उनिहरुको आरोप रहेको छ ।

गत २ गते नर्सले इन्जेक्सन दिने क्रममा बच्चाको श्वास प्रश्वासमा समस्या भएको पछी सिपिआर गरिएको बच्चाका बुवा रुपेश घिमिरेले बताए । त्यस पछी उपचारका लागि भेन्टिलेटरमा राखिएको नाबालक रुप्सनको १० गते ज्यान गएको भन्दै अस्पातल प्रशासनले खबर गरेको उनले बताए । दिउँसो ४:१५ नै बच्चाको ज्यान गएको भनेर आफुलाई राती १० बजे बल्ल खबर भएको उनले बताए । १० गते बिहान सम्म डाक्टर सन्तोष पाठकले बच्चा बाँच्न सक्छ भनेको तर राती एक्कासी फोन गरेर बच्चाको ज्यान गएको खबर प्राप्त भएको उनले बताए ।

बच्चाको ज्यान गएको खबर अस्पातलबाट पाए पछी शव बुज्न जाने क्रममा अस्पातलले शव नै गाएब गरेको उनको आरोप रहेको छ । उनले आफुहरुलाई जानकारी नै नगराई बच्चाको शवलाई भरतपुर सरकारी अस्पातलमा पुराईएको परिवारको आरोप रहेको छ । घटना बारे चितवन मेडिकल कलेजले अहिले सम्म केही जानकारी गराएको छैन ।

उक्त घटनापछि अस्पताल प्रशासन, बच्चाका परिवार, आफन्त र मजदुर सङ्गठनका नेताहरुबीच वार्ता भएपनि निष्कर्ष निस्कन सकेन । अस्पतालले उपचारमा लागेको खर्च व्यहोर्ने बताएको र परिवारले अस्पतालले गम्भीर लापरवाही गरेकोले १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने माग राखेको स्रोतले बताएको छ ।

merokhabarsathi

Read Previous

नेपाल यू-१६ इस्टर्न रिजन क्रिकेटको फाइनलमा

Read Next

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघको आहारा प्रजातिको अनुगमन

Leave a Reply

Your email address will not be published. Required fields are marked *