Breaking News :

नेपाल यू-१६ इस्टर्न रिजन क्रिकेटको फाइनलमा

हङकङमाथि चार विकेटको जित हात पार्दै नेपाल यू-१६ इस्टर्न रिजन क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

थाइल्याण्डमा हङकङले दिएको ८७ रनको लक्ष्य नेपालले २१.४ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । नेपालका आशिष भट्टराईले १७ रन बनाए भने रोहन दुधराज विकले १४ रन बनाउँदा क्रिस कार्की १२ रनमा अनआउट रहे ।

यसअघि हङकङले आरुष भागवतको नटआउट ४३ रनको मदतमा ३२.२ ओभरमा सबै विकेट गुमाएर ८६ रन बनाएको थियो । भागवतले ८३ बलको समना गर्दै नटआउट ४३ रन बनाउँदा अरु ब्याट्सम्यानले भने दोहोरो अंक समेत जोड्न सकेनन् ।

 

merokhabarsathi

Read Previous

एक्सनमा उत्रियो महानगर खुलामञ्चमा डोजर चल्यो

Read Next

उपचारका क्रममा ९ महिनाको बच्चाको ज्यान गए पछी आफन्तले गरे चितवन मेडिकल कलेज तोडफोड

Leave a Reply

Your email address will not be published. Required fields are marked *