एक्सनमा उत्रियो महानगर खुलामञ्चमा डोजर चल्यो

महानगरपालिकाले शनिबार दिउँसोदेखि खुलामञ्चमा डोजर चलाएको छ । खुलामञ्च अतिक्रमण गरेर सटर बनाइएको भन्दै जनस्तरबाट व्यापक विरोध भएपछि काठमाडौं महानगरपालिकाले शनिबार खुलामञ्चभित्र डोजर चलाएको हो ।

खुलामञ्चभित्र अवैध रुपमा बनाइएको टहरा  भत्काइएकाे छ । टहरा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यकाे निर्देशनमा भत्काइएकाे हो ।

टहरा भत्काउन महानगरका प्रहरी प्रमुख धनपति ढकालसहितकाे टोली डोजर लिएर खुलामञ्च पुगेकाे थियाे । खुलामञ्चमा अवैध रुपमा टहरा निर्माणमा उपमेयर हरिप्रभा खड्कीको संग्लनता देखिएको छ।

महानगरमा फरक राजनीतिक दलबाट मेयर बन्नुभएका शाक्य र उपमेयर खड्कीबीच पहिल्यैदेखि दूरी बढेको छ । मेयरको निर्णयमा भएका कामको उपमेयर खड्कीले विरोध जनाउँदै आउनु भएको छ । त्यस्तै उपमेयर खड्कीको निर्णय भएका कामप्रति मेयर शाक्यले असन्तुष्टि व्यक्त गर्दै आउनु भएको छ । उपमयेरले खुलामञ्चमा नै टहरा निर्माण अनुमति दिएपछि मेयर शाक्य आक्रोसित हुनुभएको छ ।

merokhabarsathi

Read Previous

नेपालका चर्चित कलाकारहरु कांग्रेसमा प्रबेश

Read Next

नेपाल यू-१६ इस्टर्न रिजन क्रिकेटको फाइनलमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *