Breaking News :

गौर नगरपालिका शंकास्पद वस्तु फेला

गौर नगरपालिका–५ मा शनिबार बिहानै शंकास्पद वस्तु फेला परेको छ । नगरपालिकाको कलाकुञ्ज पुस्तकालय अगाडि कालोप्लास्टिकमा शंकास्पद वस्तु भेटिएको हो ।

शंकास्पद वस्तु बम भएको आशंका गरिए पनि त्यसको पुष्टि हुन नसकेको प्रहरीले जनाएको छ । प्रहरीले अहिले बमको आशंकामा उक्त वस्तुलाई घेरा हालेर राखेको छ ।

शंकास्पद वस्तु निष्क्रिय पार्न प्रहरीले सेनालाई खबर गरेको छ । रौतहट प्रहरीका अनुसार सेनाको बम डिस्पोजल टोली त्यसतर्फ जाँदै छ ।

फाइल फोटो

 

merokhabarsathi

Read Previous

र्‍याफ्टिङ विश्व च्याम्पियनसीपमा नेपालको सहभागिता अन्योलमा

Read Next

बदर भईसकेका नागरिकता प्रचलनमा नल्याउन सर्वोच्चको आदेश

Leave a Reply

Your email address will not be published. Required fields are marked *