Breaking News :

रिना हत्या प्रकरण:-पोष्टमार्टम रिपोर्टमा बलात्कार देखिएन

मोरङको पथरीशनिश्चरे–१ त्रिवेणी चोकमा हत्या गरिएकी रिना बस्नेतको बलात्कार पछि हत्या भएको आशंका गलत सावित भएकाे छ।पोष्टमार्टम रिपोर्ट अनुसार उनको बलात्कार नभएको पाइएको हो।

सो हत्या प्रकरणमा प्रहरीले छानविन तीब्र बनाएको छ। अहिलेसम्म प्रहरीले एक दर्जन बढी शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दै छाडेको छ।

तर मृतकका प्रेमी भनिएका सुन्दर हरैचाका कमल नेपाललाई प्रहरीले नियन्त्रणमै राखेको छ। उनले रिनासँग चिनजान र घुमफिर भएपनि हत्या नगरेको बयान दिएका प्रहरीले जनाएको छ।

वैशाख ६ गते राति पथरीको प्रस्तावित रंगशालामा सञ्चालन भएको कन्सर्ट हेरेर १३ वर्षीय छोरा साइमनसँगै ११ बजे कोठा फर्किएकी बस्नेत ७ गते बिहान आफ्नै कोठा अगाडि बाटोमा निर्वस्त्र रुपमा मृत अवस्थामा फेला परेकी थिइन्। टाउकोमा चोट लागेको अवस्थामा घोप्टो परेको शव बिहान स्थानीयले सडकमा देखेपछि प्रहरीलाई खवर गरेका थिए।

 

merokhabarsathi

Read Previous

चितवनको नारायणी किनारमा महाआरती, सङ्गीतमय आरती भजनकीर्तनले लोभ्याउँदै

Read Next

भूकम्पको चार वर्ष : चितवनमा भत्किएका १५९ विद्यालयमध्ये १६ विद्यालय मात्र पुनःनिर्माण

Leave a Reply

Your email address will not be published. Required fields are marked *